लोड हुँदैछ...

मेनु

निष्क्रिय रकम कोषमार्फत परिचालन गर्न उद्योगीको सुझाव

निष्क्रिय रकम कोषमार्फत परिचालन गर्न उद्योगीको सुझाव

विराटनगर ।उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ ।

नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्नका लागि लिखित प्रस्ताव पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्ने नगद रिजर्भ अनुपातलाई घटाएर लगानीयोग्य तरलता बढाउँदै लैजान संगठनको सुझावपत्रमा उल्लेख छ ।

यसैगरी प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नु पर्ने प्रावधान लागु हुँदा यसबाट सञ्चित भएको रकम उत्पादनमूलक उद्योग–व्यवसायमा प्रवाह गनुपर्ने सुझाव दिइएको छ । कर्जा–निक्षेप अनुपातको वर्तमान प्रावधानले रोकेको भन्दै पत्रमा उत्पादनशील क्षेत्रमा तरलता अभाव नहुने सुनिश्चितता गर्न यस क्षेत्रमा प्रवाह भएको कर्जालाई कर्जा–निक्षेप अनुपातमा गणना नगर्ने प्रावधान हुनुपर्ने माग समेत गरिएको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds