विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ मा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दिउँसो १२ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए छ । घा
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

