विराटनगर । पेट्रोलिटम पदार्थको मूल्य वृद्धि भएसँगै हवाई भाडामा पनि भारी वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले आगामि बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।
आज जारी गरिएको भाडामा काठमाडौंबाट विराटनगरको भाडा १० हजार ८० पुगेको छ । यस्तै काठमाडौं भद्रपुरको भाडा १२ हजार ८ सय ५, काठमाडौं जनकपुरको ५ हजार ७ सय ९५, काठमाडौं भरतपुरको ४ हजार ९ सय ३५, काठमाडौं पोखराको ६ हजार ९ सय ५, काठमाडौं भैरहवाको ८ हजार ५ सय ७५, काठमाडौं नेपालगञ्जको १३ हजार ८ सय १५, काठमाडौं धनगढीको १६ हजार ८ सय ५, काठमाडौं तुम्लिङटारको ८ हजार १ सय १० र काठमाडौं सिमराको ४ हजार १ सय ९५ रहेको छ ।
संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।