विराटनगर । नेपाल आयल निगमले इन्धनमा गरेको मूल्यवृद्धि विरुद्ध विराटनगरमा यातायात व्यावसायिले चक्का जाम गरेका छन् ।

पेट्रोल, डिजेल लगायत इन्धनमा गरेको मूल्य वृद्धि विरुद्ध सोमबार बिहान कोसी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोकमा सवारी साधन रोकेर उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

गाडी सडकमा राखेर सडक अवरुद्ध पारिरहेका छन् ।

निगमले डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएसँगै अब पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । प्रति लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।