लोड हुँदैछ...

मेनु

विराटनगरको हिमालय रोडमा फ्रि–वाईफाई

विराटनगरको हिमालय रोडमा फ्रि–वाईफाई

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको विराटनगरको हिमालयन रोड फ्रि वाईफाई जोन हुने भएको छ ।

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले हिमालय रोडलाई फ्रि वाईफाई जोन बनाएको हो ।

विराटनगरमा ३०० भन्दा धेरै स्थानमा निःशुल्क वाईफाई हटस्प्टमार्फत सेवा वर्ल्डलिंकले दिँदै आएको छ । अब हिमालय रोडमा कम्पनीका ग्राहकहरुले ‘माईवल्र्डलिंक’ एसएसआइडीमा कनेक्ट गरेर अनलिमिटेड इन्टरनेट चलाउन सक्नेछन् । अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्म डाटा निःशुल्क चलाउन पाउने कम्पनीले जनाएको छ ।

मोबाइल सेवा प्रदायकहरुले ५०० एमबी डाटाको ५० रुपैयाँ हाराहारीमा लिँदै आएका छन् । वर्ल्डलिंक वाईफाई मोबिलिटीको सुविधा उपयोग गर्ने ग्राहकहरुले डाटामा गर्ने खर्च बचाउनुको साथै उच्च गतिको इन्टरनेट चलाउन सक्ने बताइएको छ ।

वर्ल्ड्लिङ्कका ग्राहकहरुले‘माईवल्र्डलिंक’ वाइफाई हट्स्पट आफ्नो मोबाइल एपमार्फत युजर नेम र एकाउण्टको पासवर्ड राखेर कनेक्ट गर्न सक्नेछन् । अरु प्रयोगकर्ताले ‘फ्रि वल्र्डलिंक वाईफाइ’ मा मोबाइल नम्बर रजिष्टर गरेर कनेक्ट गर्न सनेछन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Nirmala dulal
June 19, 2022 8:41 PM

Good work…it can be helpful..

प्रतिक्रियाहरू बन्द छन्।