विराटनगर । धरान उपमहानगरपालिका–५ बाट गाँजा सहित प्रहरीले दुई महिला पक्राउ परेका छन । २२ वर्षिया बिनिता राई र ३२ वर्षिया सिमा राई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाँजाको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको हो ।

पक्राउ परेका दुबै महिलालाई म्याद थप गर्नु सुनसरी जिल्ला अदालत पठाएको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर गजेन्द्र रायले बताए ।

महिलाहरुले गाँजा धनकुटाबाट ल्याएर बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।