चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् ।
भरतपुर वडा नं. १ को मतगणना जारी रहँदा दाहालले ३७४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ३०४ मत ल्याएका छन् ।
अहिलेसम्म ९५० मत गनिसक्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत प्राप्त गरेका छन् ।
महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३१७ र राप्रपाकी हिमला गुरुङले १९९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।