झापाको कनकाईमा स्वतन्त्र उम्मेद्वारको अग्रता

विर्तामोड । झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनप्राप्त स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले अग्रता लिएका छन् ।

हालसम्म ६४९ मतगणना हुँदा जेब्रा चुनाव चिन्हका थापाले २९१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

एमालेका राजेन्द्रकुमार पोखरेलले १७३ मत पाएका छन् भने कांग्रेसका रुद्रप्रसाद चिमरियाको मत ६० छ र राप्रपाका श्याम ओलीले २५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार थापा काँग्रेसमा विद्रोह गरि उम्मेदवार बनेका हुन् ।

उपमेयरमा भने एमालेकी मन्जु प्रसाईका अग्रता छ । उनले २३० मतका साथ अग्रता कायम राख्दा काँग्रेसकी आशा शर्मा शिवाकोटीको ११८ र राप्रपाकी सचित्रा खनालको ४५ मत छ ।

 

शनिबार, ३१ बैशाख, २०७९, बिहानको ०९:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर