भीम पराजुलीले दिए विराटनगर महानगरको मेयरबाट राजीनामा

विराटनगर । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले मेयर पदबाट राराजीनामा दिएका छन् । पराजुलीले बुधबार दिउँसो मेयर पदबाट राजीनामा दिएका हुन् ।

स्थानिय तहको निर्वाचन हुन गइरहेको र आफु पार्टीको केन्द्रीय सदस्य भएकोले असान्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविद्य गतिबिधिमा सहभागी हुनुपर्ने भएको हुदा बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिन नैतिकातको अनधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको छु,’ उनले राजीनामा बुझाएको पत्रमा उल्लेखछ ।

पदिय दुरुपयोगको आरोप नलागोस भनेर राजीनामा दिएको उनले बताए । टिकटका लागि काठमाडौंमा नेताहरुका लभिङका लागि गएका मेयर पराजुलीले उतैबाट राजीनामा पत्र पठाएका हुन ।उनले राजीनामा पत्र पठाएपछि कांग्रेस भित्र खैलाबैला सुरु भएको छ । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको छ ।

बुधबार, १४ बैशाख, २०७९, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर