मेयरका दाबेदार उमेश यादवाले छाडे जसपा

मेयरका दाबेदार उमेश यादवाले छाडे जसपा

विराटनगर ।गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका मेयरका दाबेदार उमेश यादवले जनता समाजवादी पाटी परित्याग गरेको घेष्णा गरेका छन ।

शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पाटी परित्याग गरेको घोष्णा गरेका हुन ।

जसपा एक्लै बलियो भएको ठाउँमा मेयर अरूलाई दिएर गठबन्धन गरेकाले पाटी परित्याग गरेको यादवले बताएका छन् ।

विराटनगर महानगरपालिकामा गठबन्धन हुँदा मेयरमा काँग्रेस र उपमेयरमा जसपालाई दिने सहमति भएको थियो । गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपछि यादव असन्तुष्ट थिए ।

उनले स्वतन्त्र बाट मेयरमा उठ्ने समेत बताएका छन् । जसपा महानगर कमिटीले भने उपमेयरमा उनको नाम समेत सिफारिस गरेको थियो ।