विराटनगर । लामो छलफल र रस्साकस्सीपछि नेपाली कांग्रेस आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णयमा पुगेको छ ।

काँग्रेसले स्थानीय तह चुनावमा अरू दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन गरेर जाने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

काँग्रेसमा शेखर कोइराला समूह गठबन्धन गर्न नहुने लविङमा थियो । तर, बहुमत सदस्यले तालमेलका पक्षमा मत जाहेर गरेपछि केन्द्रले यस्तो निर्णय लिएको हो ।
‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको छ,’ प्रवक्ता महतले भने। स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भएको बताउँदै उनले व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्ने बताए ।

बैठकले निर्वाचनका लागि विभिन्न समिति पनि गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।