विराटनगर । वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझा पार्टी फेरि एकपटक फुटको संघारमा पुगेको छ ।
यसअघि पनि विभाजनको मार खेपेको उक्त दलमा पछिल्लो तनावले पार्टीलाई फुटतिर अग्रसर तुल्याएको हो । अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्ने तयारी गरेपछि उक्त पार्टीमा विवाद चुलिएको छ। यसअघि पार्टीका संयोजक मिलन पाण्डेसँगको विवादमा मिश्रको पक्षमा उभिएका नेताहरू नै मिश्रको विपक्षमा गोलबद्ध भएका छन्।
१४ चैतमा बसेको पार्टीको बैठकले मिश्रसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। उक्त निर्णयबारे जानकारी गराउन मिश्र विपक्षका नेताहरू आज निर्वाचन आयोग पुगेका छन्। ‘हामीले कारबाही गरेको जानकारी आयोगलाई गरायौँ,’ पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवालले भने, ‘तीन दिनको समय दिएर कारबाही अगाडि बढाउँछौँ।’
मिश्रको विपक्षमा रहेका नेताहरूले कारबाहीबारे जानकारी गराउन आज बखुण्डोलस्थित पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए तर मिश्र पक्षधरले अवरोध सिर्जना गरेको सिलवालले बताए।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।