विराटनगर । विराटनगर–६ का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित डेढ दर्जन स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादीमा प्रवेश गर्नेमा कांग्रेसका क्रियाशिल सदस्य वडा नम्बर ६ का रविन्द्र मण्डल, सन्तोषकुमार साह, दिपेन्द्र कार्की, नवनित नेभटिया, रितेषकुमार सिंहलगायत छन् ।
यस्तै स्थानीय योगेश अग्रवाल, रोजन भट्टराई, वडा नम्बर १५ का विनोदकुमार साह, वडा नम्बर ६ कै प्रसंग श्रेष्ठ, आर्यन प्रधान, रोशन प्रधान, राजन पौडेल, रविनकुमार घिमिरे र सत्रुधन राजवंशी रहेका छन् ।
उनीहरुलाई विधिवत रूपमा माओवादी केन्द्रमा प्रवेश गराउँदै संघीय सांसद शिवकुमार मण्डलले बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिका माओवादी केन्द्रका नेताहरू भोगेन्द्र यादव, मोहमत आजम अन्सारी, देव यादवलगायतको उपस्थिति थियो ।

