विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।

काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताएका छन् । राई यसअघि दलका सचेतक थिए ।

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो ।