लोड हुँदैछ...

मेनु

गठबन्धन हुने-नहुने केन्द्रीय समितिले निर्णय गर्छ : कांग्रेस महामन्त्री शर्मा

गठबन्धन हुने-नहुने केन्द्रीय समितिले निर्णय गर्छ : कांग्रेस महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन दलबीच चुनावमा पनि गठबन्धन हुने नहुने भन्ने विषयमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् ।

संखुवासभा सदरमुकाम खाँदबारीमा प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने पनि बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने महामन्त्री शर्माले बताएका हुन् । स्थानीय तहको निर्वाचनमा केन्द्रमा टुङ्गो नभए जिल्ला र स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुनसक्ने महामन्त्री शर्माको भनाइ थियो ।

केन्द्रले गठबन्धन गरे पनि जिल्लामा आफू अनुकुल चुनाव लड्ने निर्णय जिल्लाले नै गर्ने उनको भनाइ छ । कांग्रेसले पार्टी नयाँ ढंगको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए ।

आउँदो स्थानीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताए । नेपालमा अन्य पार्टीको तुलनामा देश र जनताको पक्षमा राम्रा कामहरू कांग्रेसले गरेकाले उसकै पक्षमा बहुमत आउने दाबी गरे । कांग्रेस आफैँले सरकारमा रहेर चुनाव विभिन्न समयमा बहुमत ल्याएको उदाहरण दिदैँ भने, ‘फेरी पनि कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनैै शंका छैन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।