युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थाल्यो : अमेरिका

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण नरोक्ने बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले लडाइँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै युद्ध रोकिने बताएका छन्।

एजेन्सी

फाल्गुन २३, २०७८, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर