काठमाडौं । रुस-युक्रेन लडाइँ जारी रहँदा र रुसी फौजहरू अगाडि बढिरहँदा ठूलो सङ्ख्यामा युक्रेनका नागरिक सुरक्षित स्थलतर्फ भाग्न थालेका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार बिहीवार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् जसमध्ये अधिकांश आन्तरिक रूपमा विस्थापित भएका छन्।
पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधिहरू दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्रहरू स्थापना गरेको छ।
यद्यपि मानिसहरू सीमा कटिनसकेको बताइएको छ। कतिपय युक्रेनीहरू रोमानिया र हङ्गेरी पुगेका छन्।
अमेरिकाले रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।
ब्रिटेनका अग्रणी मानव अधिकार सङ्गठनहरूको एउटा समूहले ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई स्वागत गर्न अपील गरेको छ। बीबीसी




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।