लोड हुँदैछ...

मेनु

सेयर बजार ३९ अंकमाथिले ओरालो,बजार नै राताम्मे

सेयर बजार ३९ अंकमाथिले ओरालो,बजार नै राताम्मे

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिले ओरालो लागेको छ । आज बजार खुलेको केही छिनमै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घट्दै २६ सय ९३ दशमलव १० अंकमा अडिएको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज नेप्सेका सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । तर, आज युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लि।को सेयर मूल्य भने सर्किट लाग्ने गरी बढेको छ ।

झण्डै ४० अंकले घटेको बजारमा आज ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।