लोड हुँदैछ...

मेनु

उद्योग परिसंघद्वारा आन्दोलनको चेतावनी

उद्योग परिसंघद्वारा आन्दोलनको चेतावनी

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले मुलुकको आर्थिक अवस्था नाजुक हुँदै गइरहेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

परिसंघले मुलुकको आर्थिक वस्था नाजुक हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रका स्तम्भ मानिने उत्पादन मुलक उद्योगहरुलाई प्रोत्साहन गर्नुको सट्टा राज्य तथा बैंक, बिमा, विद्युत् जस्ता निकायबाट भइरहेको हतोत्साही र कार्टलिङको विरोध स्वरुप राज्यका सबै निकायहरुको ध्यानाकार्षण गर्ने कुनै सुनुवाई नभएमा आन्दोलनसहितको कडा कदम उठाउने पनि निर्णय गरेको हो ।

यस्तै बैंकहरुले महिनै पिच्छे बढाउने गरेको बैंक ब्याजलाई पूर्व भएको सहमति अनुरुप सिंगल डिजिटमा नझारेसम्म कडाभन्दा कडा विरोधसहितको कार्यक्रम गर्ने, निकट भविश्यमा नै आर्थिक क्षेत्र सम्बन्धमा बजेट कार्यान्वयन नयाँ बजेटको तर्जुमा र निजी क्षेत्रका समस्याका सम्बन्धमा भन्सार, आन्तरिक राजस्व एवं राजस्व अनुसन्धान विभागसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

परिसंघले आगामि वर्ष विराटनगरमा अन्तराष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने निर्णय पनि गरेको छ । परिसंघ प्रदेश १ को कार्यसमितिको बैठकले प्रदेश १ को सम्भाव्यतासहितको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्न पूर्वाधार निर्माणको तयारी तत्काल सुरु गरिने निर्णय गरेको हो ।

‘प्रदेश १ को सम्भाव्यतासहित आगामि वर्ष २०७९ माघको पहिलो हप्तामा अन्तराष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनीको आयोजना प्रदेश नं. १ को राजधानी विराटनगरमा गर्ने र यसका लागि आजैबाट पूर्वाधारको काम प्रारम्भ गर्ने,’ परिसंघको निर्णयबारे जानकारी दिँदै अध्यक्ष भीम घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds