विराटनगर । झण्डै ३ वर्षदेखि रोकिएको विराटनगरको व्यापारिक मेला आउँदो चैतमा हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा मेला आयोजना हुन लागेको हो ।

व्यापार संघका अध्यक्ष नविन रिजालले मेला आयोजना गर्ने जानकारी दिएका हुन् । उनका अनुसार यस पटकको मेलामा एसी डोम (मेलास्थल भित्र एसी) राखिने छ । जहाँ गर्मी वा जाडोको महसुस हुनेछैन । झण्डै ७०/८० वटा स्टल सो स्थलभित्र राखिने व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए । उनका अनुसार एसी डोम राख्नका लागि १ करोड बढी अतिक्ति खर्च हुनेछ ।

विराटनगरको औषधि विभाग छेउको खाली जग्गामा मेला आयोजना गर्न लागिएको हो । मेलाले विराटनगरको स्तरलाई माथि उठाउने रिजालले विश्वास व्यक्त गरे । यस पटकको मेलामा नयाँ उत्पादनलाई प्रबद्र्धन गर्ने रिजालको भनाइ छ ।