लोड हुँदैछ...

मेनु

धौलागिरी लघुवित्तले आईपीओ ल्याउँदै

धौलागिरी लघुवित्तले आईपीओ ल्याउँदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ हजार कित्ता साधारण आईपीओ ल्याउन लागेको हो ।

आईपीओ प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता फागुन ४ गते भएको हो ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।