लोड हुँदैछ...

मेनु

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

काठमाडौं । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।