विराटनगर । लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ । आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको भाउ पनि ३५ रुपैँयाले घटेको छ ।
चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

