विराटनगर । झापामा सञ्चालित चाउचाउ र चिज बल्स उत्पादन उद्योगमा आगलागी भएको छ । मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा बिहान ४ बजेटबाट आगलागी हुँदा ठूलो धनमाल क्षति भएको छ ।

विभिन्न ठाउँबाट आएका १३ वटा दमकलले लामो प्रयत्नपछि आगो नियन्त्रणमा लिएको भएपनि उद्योगमा ठूलो क्षति पुगेको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिए ।

कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए ।