काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १६ दशमलव तीन अङ्कले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ ।
आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ ।

