लोड हुँदैछ...

मेनु

शेयर बजार १९ अङ्कले बढ्यो

शेयर बजार १९ अङ्कले बढ्यो

काठमाडौं । हिजो साढे १४ अङ्कले घटेको शेयर बजार आज १९ अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको ८१, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।