नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ पर्ने डरले अमेरिका पुगे

विराटनगर । नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा अमेरिका उडेको पुष्टि भएको छ । चिकित्सा शिक्षा आयोगको निर्णय तथा सरकारले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै उनलाई पक्राउ गर्न गृहमन्त्रालयले तयारी गरेको थियो ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहेको बेला शर्मा फरार भएका हुन् । आफू पक्राउ पर्ने ठानेर शर्मा अमेरिका उडेको नोबेलका एक कर्मचारीले बताए । शर्मा काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत हुन् । उनी आइतबार नै अमेरिका गएको बताइएको छ ।

मङ्गलबार, ११ माघ, २०७८, दिउँसोको ०३:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर