टिप्पणी : गोजीमा मन्त्री राख्नेलाई किन फरक पारेन आन्दोलनले ?

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीलाई तोकेकोभन्दा बढी शुल्क लिएर चिकित्सा शिक्षा आयोगलेको निर्णय र नियमको धज्जी उडाएको छ ।

अस्पतालका सञ्चालक सुनिल शर्माले राज्यसंयन्त्र नै आफू भएको र म भन्दा माथि कोही नभएको भन्ने घमण्डका साथ विद्यार्थीले गरेको आन्दोलनलाई तुहाउने षड्यन्त्र गरिरहेका छन् । उनले केही विकाउ अभिभावकलाई दुईचार जनाको शुल्क घटाउने प्रलोभन देखाएर राष्ट्रिय मुद्दा बनेको विषयलाई गुपचुप राख्न खोज्दैछन् । तर, पटक–पटकको यस्तो गैरकानुनी कामको विरोध गर्दै विद्यार्थी नेताहरुले शर्मालाई कालोमोसो दल्दासमेत उनको छविमा कुनै असर नगरेको देखिएको छ । यसआन्दोलनले पनि सुनिल शर्मालाई असर नर्गनुको कारण विभिन्न छन् । उनलाई कांग्रेसले राजनीतिक संरक्षण दिएको छ । यसअघि मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका उनले चुनाव हारे । सामान्यतः चुनाव हारेको नेताको खासै शक्ति हुँदैन । तर, सुनिल शर्मामा यो कुरा लागू हँुदैन । उनले यसअघिको शक्तिशाली नेकपा नेतृत्वको सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई मन्त्रीको कुर्सी नै खाइदिन्छु भन्ने धम्की दिएका थिए ।

त्यस्ता सन्की, दम्भी र घमण्डी शर्माले कांग्रेसकै सरकार भएको बेला विद्यार्थी आन्लोलनको बलमा मात्रै के नै होला र भन्ने सोचेको थिए । तर, आज आम जनमासमा, धेरै बुद्धिजीविहरूमा यदि सुनिल शर्माको गुण्डागर्दी बन्द गर्ने भए र कसैले सुनिल शर्माको साम्राज्य सखाप गर्न सक्छ भने त्यो केबल विद्यार्थी आन्दोलन नै हो भन्न थालेका छन् । यदि सुनिल शर्मालाई यो आन्दोलनले पनि गलाएन भने कसैले काहीँ हराउन सक्दैन भन्नेहरुको जमात पनि धेरै छ । यसकारण पनि यो आन्दोलन असफल भए शर्माले आफूलाई राज्यभन्दा ठूलो ठान्नेछन् र उनको गुण्डागर्दी तथा माफियागिरी झनै बढ्ने देखिन्छ ।

यो आन्दोलनले पार लगाउनै पर्दछ । यसका साथै छिटो पनि हुनुपर्दछ । होइन भने हप्तौंदेखिको आन्दोलनले विद्यार्थीको पढाइमा ठूलो असर परेको छ । प्रथम वर्षको अहिलेसम्म पढाई नहुँदा शिक्षा प्रणालीमा नि फरक पार्ने देखिन्छ । आन्दोलन लम्बिदै जाँदा विद्यार्थीको भविष्य बिग्रँदै गएको छ । प्रशासनले सुनिल शर्मालाई गृहमन्त्रालयको आदेश मुताबिक पक्राउ गरेर नियमाअनुसार चल्ने प्रतिबद्धता नजनाएसम्म नजरबन्दमा राखिराख्नु आवश्यक छ ।

सोमबार, १० माघ, २०७८, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर