विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन सुनसरीको भेलाले अधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी माघ २९ गते सम्मेलन गर्ने निर्णय गर्दै कर्मचारीहरुको भेलाले संगठनको आयोजक समितिको संयोजकमा शान्तिबहादुर अधिकारीलाई चुनेको छ ।
नेकपा माओवादी केन्द्र इटहरीका अध्यक्ष बहादुरसिंह तामाङको प्रमुख आथित्य र नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवालय सदस्य रेवती ढुंगनाको उपस्थितिमा शनिबार भएको भेलाले सम्मेलन आयोजक समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा भोजराज पोखरेल, हर्क तामाङ, अरुण राई, गिताचार्य आचार्य, रमेश राई, श्रीराम पंडित, ज्ञानेन्द्र राई, सन्तोष सुनवार, बावुराम भट्टराई, रमेश दाहाल, बिनिता राई, निरमाया वन, आशा खड्का, लाल बहादुर तामाङ्ग, प्रकाश राई, शिवकुमार मण्डल, शम्भुराज अधिकारी, कुमार बराल, प्रेमा डाँगी, तुलसी पौडेल, हरेराम यादव र पुन्यवती बराल रहेका छन् ।
नेकपा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले आफ्नो संगठन विस्तार अभियानलाई तीब्रता दिएको जनाएको छ ।
फाइल तस्बिर : हाम्रोमत

