विराटनगर । आइटिएफ तेक्वान्डो संघ मोरङको अध्यक्षमा युवराज भुजेल निर्विरोध निर्वाचित भएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा शनिबार सम्पन्न भएको पाँचौ जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
आइटिएफको उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिव राजकुमारी तामाङ, सहसचिव स्वीकार बस्नेत र कोषाध्यक्ष मन्दिप रायमाझी रहेका छन् । समितिको सदस्यहरुमा हरि न्यौपाने, सार्थक पोखरेल, केरिसा आचार्य, इन्दिरा थापा, मिलन राई र प्रेम चौधरी रहेका छन् ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफले, उपाध्यक्ष राजमती इङ्नाम, नेपाल इन्टरनेशनल तेक्वान्डो महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रविणकुमार कार्की, मोरङ जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राजन कुमार पोखरेल, आइटिएफका चतुरलाल चौधरी, सचिव नविन तामाङलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल इन्टरनेशनल तेक्वान्डो महासंघको केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीले खेलकुद क्षेत्रको विकासमा राज्यले पहिलो प्रथामिकतामा राखेर बजेट बिनायोजन गरे मात्र यस क्षेत्रको विकासमा फड्को मार्ने बताए । खेलाडीहरु राज्यको गहना भएकोले तीन तहको सरकारले खेलकुद क्षेलाई पहिलो प्राथामिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने बताए ।