लोड हुँदैछ...

मेनु

कोरोना संक्रमणको कारण देखाउँदै यातायात कार्यालय पनि बन्द

कोरोना संक्रमणको कारण देखाउँदै यातायात कार्यालय पनि बन्द

विराटनगर । विराटनगरस्थित प्रदेश १ को यातायात सेवा कार्यालय कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै बन्द भएको छ ।

यातायात कार्यालयले मङ्गलबार सूचना जारी गरी कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको भन्दै बन्द गरेको जनाएको हो ।

‘यस कार्यालयमा कार्यरतमध्ये केही कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको र अन्य केही कर्मचारीहरुमा समेत कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले मिति २०७८–१०–०४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज तथा जरिवाना लाग्ने सेवाबाहेक अन्य सेवा प्रदान गर्न कार्यालय असमर्थ रहेको व्यहोरो जानकारी गराइन्छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।