विराटनगर । दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडबलूवाइसि क्लब फाइनलमा पुगेको छ ।
विराटनगर–१७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडबलूवाइसि फाइनलमा पुगेको हो ।
जितको लागि टिडबलूवाइसिका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो ।
मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडबलूवाइसिका विरेन्द्र लिम्बु घोषित भए । बिहीबार विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बलबीच प्रतिस्पर्धा हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजेताले नगद ३५ हजार र उपबिजेताले २५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।