विराटनगर । मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ ।
मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा मुनालले रानी युवा क्लबलाई पराजित गरेको छ । मुनालले रानी युवालाई १–० गोलअन्तरमा पराजित गर्दै ६ अंकका साथ जिल्लोको ‘ए’ डिभिजनमा चढेको छ ।
क्षेक ‘क’ अन्तर्गत विराटनगरमा भएका ३ क्लबमध्ये मुनालको ६ अंक, रानी युवा र त्रिवेणी वाचनालय अंक विहीन छन् । खेलको ४० औं मिनेटमा मुनालका इशाक लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच मुनालका शिवकुमार चौधरी भए ।
जिल्लाका ६ वटा ‘बि’ डिभिजन क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय, त्रिवेणी वाचनालय, रानी युवा क्लब, चारतारे स्पोर्टिङ क्लब, एम्ब्रियो फुटबल क्लब र रमाइलो फुटबल क्लबको सहभागिता रहेको छ । बिहीबार विराटनगरमा रानी युवा क्लब र त्रिवेणी वाचनालयबीच प्रतिष्पर्धा हुनेछ ।