विराटनगर । वैश्य सेवा परिषद नेपाल विराटनगरद्वारा आयोजित तथा विराटनगर महानगरपालिकाको सहयोगार्थमा वडा नं. ६ का पिछिडिएका गरिब, दलित महिला तथा वाल वालिकाहरुमा स्वास्थ्य तथा जनचेतना सम्बन्धि नेतृत्व विकास पाँच दिने कार्यक्रम समापन भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष तथा कलाकार विजय कामत रहेको थियो । सो कार्यक्रममा प्रशिक्षकहरु क्रमशः स्थानीय नेता जयप्रकाश महतो, पत्रकार दिनेश शाह, डाक्टर आर.के. शाह (वरिष्ठ फिजिसियन), दलित नेता हिरालाल सिंचुरीसमेतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा २५ जना सहभागीहरुलाई कम्बल ओढाई प्रमाण पत्रले सम्मान गरेको थियो । ५ दिने कार्यक्रममा विभिन्न विषयमा जनचेतनामूलक प्रशिक्षण सहभागीलाई गराएको थियो । कार्यक्रम समापन संस्थाका अध्यक्ष राम किशुन शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।