विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राङ्गणमा आयोजित धर्ना र कोणसभामा विद्यार्थी नेताहरुले आफूहरुको आन्दोलन जारी रहेको बताए । उनीहरुले अभिभावकसँग सहमति गरेको नाममा सार्वजनिक भएका कुरा झुठो रहेको भन्दै विद्यार्थीको माग पुरा नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने पनि बताए ।
नोबेल प्रशासन र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच सहमति जुटेको भन्दै हिंजो कलेजले विभिन्न संचारमाध्याममा समाचार पठाएको थियो । यो प्रचारका लागि मात्र भएको भन्दै अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्रबहादुर घिमिरे, चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मनिष भट्टराई, नेपाल विद्यार्थी संघ मोरङका जसवन्त पौडेल, अनेरास्ववियु मोरङका जोसेफ घिमिरे, अनेरास्ववियू मोरङका सचिव निर्मल भण्डारी र समाजवादी विद्यार्थी युनियन प्रदेश १ का उपाध्यक्ष तरुणविक्रम खवासलगायतले विज्ञप्ति प्रकाशित गरि विरोध गरेका थिए । सोही विरोध कार्यक्रम निरन्तर रहेको जनाउँदै विद्यार्थी संगठनहरुले नोबेल अस्पताल अगाडि आज पनि आन्दोलन र धर्नाका कार्यक्रमलाई निरन्तरता दिएको जनाएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।