मेरिल्याण्डमा हाजिरीजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले कक्षा–१२का विद्यार्थीहरुकालगि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगीतामा १३ वटा टीम सहभागी रहेकोमा तीन वटा टीम सेक्सन जुही प्र्रथम, डे–जाई द्वितीय र सुनाखरी तृतीय हुन सफल भएका हुन् । यी तिनवटा टिमले कक्षा–११ बाट माघ १६ गते हुने कक्षा ११ का विजयी टिमहरुसँग फाल्गुण १५ मा हुने फाइनल प्रतिस्पर्धामा उपाधीकालागि भिड्ने छन् ।

प्रतियोगीतामा राष्ट्रिय, अन्तरराष्ट्रिय, धर्म–संस्कृति, खेलकुद र विजनेस राउण्डमा प्रश्नहरु सोधिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । प्रतियोगीतामा कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष प्रा.डा. पि.के झा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, डाइरेक्टरहरु डा. मनोज गुप्ता, प्रदीप कुमार भगत र नन्द किशोर अग्रवाल सहित शिक्षकहरु दिपेश भगत, टंक कोइराला र बद्री पौडेलको पनि सक्रिय सहभागिता थियो ।

प्रतियोगीतामा कलेजका प्राध्यापकद्वय गणेश पोख्रेल र नवजित प्रधानले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए । मेरिल्याण्डले पढाईका साथै अन्य विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गरी विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थीहरुको प्रतिभा उजागरण गर्ने गरेको छ । स्मरण रहोस् मेरिल्याण्ड प्रदेश १ कै व्यवस्थापन शिक्षाको अग्रणी शैक्षिक संस्था मानिन्छ ।

मङ्गलबार, २० पुष, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर