लोड हुँदैछ...

मेनु

झोराहाटमा एक दिने निःशुल्क शिविर सम्पन्न

झोराहाटमा एक दिने निःशुल्क शिविर सम्पन्न

ग्रामथान । नव दृष्टि आइ हस्पिटल प्रा.लि. इटहरी–४ सुनसरीको सहयोगमा मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ पिरारबनी आधारभुत स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।

ग्रामथान गाउँपालिकाका निम्न आर्थिक अवस्था भएका स्थानीय बासिन्दालाई लक्षित गरि शिविर संचालन गरिएको नव दृष्टि आई हस्पिटलले जनाएको छ ।

निःशुल्क शिविरमा ग्रामथान गाउँपालिका वडा नम्बर १, २, ३ र अन्य क्षेत्रका गरि करिब ५०० जनाभन्दा बढीले सेवा लिएका छन् । निःशुल्क शिविरमा उपस्थित भएका मध्ये १० जनालाई अपरेसनका लागि सिफारिस समेत गरेको छ ।

निःशुल्क शिविरमा नव दृष्टि आइ हस्पिटलकी आँखा विशेषज्ञ ओइल माया उम्बु, नेत्र सहायक मन्जु यादव, अर्जुन माझी, अन्जली अधिकारी र आँखा स्वास्थ्य कार्यकर्ता टीका देवी भट्टराई खटिएका थिए । ग्रमथान गाँऊपालिका वडा नम्बर २ का वडाअध्यक्ष कृष्ण कुमार माझीले शिविरआयोजनाले निम्न आर्थिक अवस्थाका आँखा रोगीलाई उपचारमा सहयोग पुगेको बताए।

यसैगरी आउँदो पुस १९ गते सोमबार ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर संचालन गरिनेसमेत नव दृष्टि आई हस्पिटलका नेत्र सहायक अर्जुन माझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds