ग्रामथान । मोरङको ग्रामथान गाँऊपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम रवि आधारभूत विधालय ग्रामथान वडा नं २ झोराहाटबाट एक कार्यक्रमको आयोजना गरी उद्धघाटन भएको छ ।
उद्धघाटन कार्यक्रममा ग्रामथान गाँऊपालिकाका विद्यालयका छात्राहरूलाई बालअधिकार,सेनेटरी प्याडको प्रयोग र व्यवथापन गर्ने तरिका, बालविवाह,विद्यालयमा पठन पाठन गतिविधी बारे छलफल,छात्राहरूको हिंसा तथा घरेलु हिंसा लगायतका बारेमा जानकारी गराई छात्राहरूमा न्युनिकरण गर्न सहयोग पुग्ने कुरामा कार्यक्रमका वत्ताहरूले जोड दिएका थिए।
कर्यक्रममा ग्रामथानका ११ दिन मा २१ वटा सरकारी तथा निजी विधालयका १४ सय विद्यार्थीलाई सहभागी गराई सञ्चालन गरिने कार्यक्रमका सभापति तथा गाँऊपालिकाका उपाध्यक्ष फुल कुमारी चौधरीले जानकारी गराईन ।
उपाध्यक्षसँग छात्रा उद्धघाटनका दिन श्री सरस्वती नमुना मा.वि.झोराहाटमा पनि संञ्चालन गरीएको थियो । सो कार्यक्रम संचालनबाट विद्यालयका शैक्षिक गतिविधी,छात्रामैत्री वातावरण छ कि छैन, छात्राहरू का लागी सुधार गर्नुपर्ने कार्यक्रम के के हुन भने कुरा को जानकारी हुने बताईएको छ ।
कार्यक्रममा प्रमुख अतिथी गाँऊपालिकाका अध्यक्ष शिव नारायण माझी ,विशिष्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्की ,शिक्षा प्रमुख भिम प्रसाद न्यौपाने,बालबालिका तथा महिला शाखाका अधिकृत लक्ष्मी धिताल लगायतको आतिथ्यता रहेको थियो ।