विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि भएकाे निर्वाचन प्रक्रियामा मतदान जारी छ । ९ पदाधिकारीका लागि २९ जनाको उमेदवारी परेकाे छ ।
अध्यक्षका लागि हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) र मुक्साहाङ मेयाङ्बो (मुकेश) रहेका छन् । तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् ।
सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् । ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् ।
१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेद्वारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन् ।
मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन । निर्वाचनको मतदान र मत परिणाम पनि आजै रातीसम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।