विराटनगर । उद्योग ब्यापारमा अपसी लगानीका अवसरहरु वृद्धि गराउने उद्देश्यले नेपाल उद्योग परिसंघका उच्च पदाधिकारीसहित १३ उद्योगिहरुको टोलि बंगलादेशको ढाका पुगेको छ ।
ढाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज बंगलादेशको निमन्त्रणामा सो टोली आपसी सहकार्य गर्न छलफलका लागि बंगलादेशको राजधानी ढाका पुगेका हुन् ।
नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार अग्रवालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, बिरेन्द्रराज पाण्डे, निर्वाण चौधरी, नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे तथा परिसंघका संयोजक द्विराज शर्मा सिवाकोटी, लक्ष्मीप्रसाद सुबेदी, आशिष गर्ग, राजु पौड्याल, महानिर्देशक यादब प्रसाद पौड्याल, सबिन मिश्र, अभिजित सुबेदी लगायत छन् ।
प्रतिनिधि मण्डलले नेपाल र बंगलादेशको आपसी हितमा उद्योग र व्यापारमा लगानी, बजार विस्तार, उर्जाको ब्यापारका mगायतका विषयमा आपसी छलफल गर्ने जनाएको छ । यस्तै दुई पक्षीय हितमा गरिने ब्यापार र लगानी सम्बन्धि बिषयमा आपसी समझदारी पत्रमा हस्ताक्षर समेत हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा बंगलादेश सरकारका वाणिज्य सचिव तपन कान्ति घोष, नेपाली राजदुताबासका प्रतिनिधि श्रीकुमार राईको समेत उपस्थिति हुने कार्यक्रम छ ।
ढाका भ्रमणको क्रममा नेपाल र बंगलादेश दुई देशबीचमा Business networking शुभारम्भ गरिने कार्यक्रम रहेको प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । प्रतिनिधि मण्डलले बंगलादेशमा रहँदा त्यहाँका जलस्रोत तथा उर्जामन्त्री नाशुरुल हमिद, बंगलादेश प्रधानमन्त्रीका उद्योग तथा लगानी एवं आर्थिक सलाहकार सलमान फज्लुर रहमानका साथै उद्योगि ब्यापारी र सरकारका उच्च पदाधिकारीसँग भेटवार्ता र छलफल गर्नेछ ।