विराटनगर । मारुती सिमेन्ट्स लिमिटेडले उत्पादन गर्दै आएको मारुती सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिने प्रतिवद्धता जनाएको छ ।
केही दिनयता मारुती सिमेन्टको गुणस्तरप्रति लक्षित समचारहरु सम्प्रेषित भएपछि मारुती सिमेन्टेस् लिमिटेडले एक प्रेस विज्ञाप्ती जारी गर्दै आधुनिक प्रविधिबाट गुणस्तरीय ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएकोले गुणस्तरमा कहिल्यै पनि ह्रास आउन नदिने प्रतिवद्धता जनाएको हो ।
‘मारुती सिमेन्ट ५३ ग्रेडको ओपिसी र ४३ ग्रेडको ओपिसी सिमेन्ट एनएसबाट प्रमाणित भइ उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुनका साथै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट नेपालकै सर्वप्रथम एन/आइएसओ ९००१ ७ र १४००१ प्राप्त गर्ने पहिलो कम्पनी बन्न सफल भएको हो,’ जारी प्रेस विज्ञाप्तीमा भनिएको छ, ‘हाम्रो उत्पादनको गुणस्तर चुस्त– दुरुस्त कायम राख्न सदैव चनाखो र प्रतिवद्ध छौं । हाम्रो उत्पादनको गुणस्तर सुनिश्चिताका लागि हामीले आफै समय समयमा विस्तृत परिक्षण तथा विश्लेषण गर्ने गर्दछौ र यो कार्य अहिले पनि निरन्तर गर्दै आइरहेकामा विश्वास दिलाउन चाहन्छौं ।’ विगत १५ वर्ष भन्दा लामो समयदेखि गुणस्तरीय उत्पादन बजार पढाएको ढुक्कसँग मारुती सिमेन्ट प्रयोग गर्न ग्राहक तथा उपभोक्ताहरुलाई आग्रह पनि गरेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।