आरती स्ट्रीप्सका संचालकबाट प्रशासन प्रमुख नेपाल कुटिए

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका प्रशासन प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ । आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदुरले उनीमाथि बुधबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाईते नेपालको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, छाती र ढाँड लगायत शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । प्रहरीको अनुसार आरती स्ट्रीप्सका संचालक सिंघलपनि घाइते रहेको बताइएको छ । सिंघल पनि कोशी अस्पतालमा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘दुवै जनलाई चोटपटक लागेको देखिएको छ,’ उनले भने, ‘के कारणले घटनाको भएको हो यस विषयमा अनुसन्धान भइरहेको छ ।’

बुधबार, ०८ मंसिर, २०७८, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर