लोड हुँदैछ...

मेनु

श्रम शोषण गर्दै ट्रान्स नेपाल

श्रम शोषण गर्दै ट्रान्स नेपाल

विराटनगर । एकीकृत भन्सार जाँच चौकी (आइसीपी) विराटनगरमा कार्यरत श्रमिकहरूलाइ ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले श्रम शोषण गरेको भन्दै आन्दोलित भएका छन् ।

ट्रान्स नेपाल अन्र्तरगत रहेर काम गर्ने श्रमिकहरूले राज्यले तोकेको श्रम ऐन अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

ट्रान्स नेपाल अन्र्गत विराटनगर भन्सारमा करिब ३ सय जना श्रमिक रहेका छन् । उनीहरूले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा नपाएको भन्दै सोमबार आइसीपी बाहिर पत्रकार सम्मेलन गरि आन्दोलनमा उत्रिने चेतवनी दिएका छन् । श्रम ऐन अनुसार सेवा सुविधा माग्दै विभिन्न चरणको छलफल र बार्ता बस्दा पनि ट्रान्स नेपालले श्रमिकको माग सुनवाइ नगरेको भन्दै उनीहरू बाध्य भएर आन्दोलनमा होमिनु परेको लामो समयदेखि भन्सारमा श्रमिकको काम गर्दै आएका शम्भु कुमार यादवले बताए । ‘भन्सारमा काम गरेको वर्षौ भइसक्यो । अहिलेसम्म श्रम ऐनले तोकेको न्युनतम सेवा सुविधा पनि दिएको छैन । बारम्बार हामी श्रमिकहरूले राज्यले तोकेको ऐन नियमावली अनुसार सेवा सुविधा माग्दा अहिलेसम्म हाम्रो माग सुनवाइ भएन,’ उनले भने, ‘बाध्य भएर अहिले यहाँका श्रमिक एकीकृत भएर आन्दोलनमा होमिनुपरेको छ ।’

इन्टर मोडल यातायात विकास समितिले पाँच वर्षको लागि आइसिपी ३५ करोड भन्दा बढी रकममा ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले ठेक्का पाएको हो । ट्रान्स नेपालल ठेक्का पाएपछि नियम अनुसार आइसीपी भित्रको सम्पूर्ण काम गर्दछ । यहाँ भित्र काम गर्न श्रमिक राखेका छन् । यहाँ राखेका श्रमिक ट्रान्स नेपालले ठेक्कदार मार्फत लगाउने गरेको छ । श्रमिकहरूले श्रम ऐन अनुसार सेवा सुविधासहित ९ शुक्रिय माग पूरा नभए मंसिर १२ गतेदेखि आइसीपी ठप्प पार्ने चेतवनी उनीहरुले दिएका छन् । श्रमिकहरुले प्रत्येक कर्मचारीहरुको ७ लाखसम्मको जीवन बीमा गरिनुपर्ने, ठेकदारी प्रथाको अन्त्य हुनुपर्ने, विदेशी कामदार तथा कर्मचारीहरुलाई श्रम स्वीकृति लिएर मात्र काममा लगाउनुपर्ने, प्रत्येक कामदार तथा कर्मचारीहरुलाई युनिफर्म वार्षिक दुई सेटको व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् । त्यस्तै काम गर्ने क्रममा कर्मचारीको र्दुघटना भए स्वास्थ्य बीमा गरिदिनुपर्ने, चाडपर्व र महंगी भत्ता दिनुपर्ने माग उनीहरुको रहेको छ । विराटनगर भन्सारदेखि करिब दैनिक पाँच सय मालवक सवारी साधान आयत, निर्यात हुने गरेको छ ।

यता ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालि विराटनगरका कार्यालय प्रमुख लक्ष्मी सुब्बाले भन्सारमा लेभर काम गर्ने श्रमिक स्वतन्त्र भएकोले आफ्नो कर्मचारी नभएको बताए । ‘हामीसँग उनीहरूको कुनै सम्बन्धन छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।