लोड हुँदैछ...

मेनु

निश्चलको रहस्यम मृत्यु प्रकरण : न्याय माग्दै स्थानीय आन्दोलनमा उत्रिए

निश्चलको रहस्यम मृत्यु प्रकरण : न्याय माग्दै स्थानीय आन्दोलनमा उत्रिए

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ मा एक बालकको अपहरणपछि यातना दिएर हत्या भएको भन्दै घटनाको अनुसन्धान गरि दोषिलाई कारवाही गरि पीडितलाई न्याय दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

मृतकका परिवार र गाउँलेहरूले घटनामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरिनुपर्ने र पीडित परिवारलाई न्यायको अनुभुति दिलाउनुपर्ने माग राख्दै आइतबार निमुवा प्रहरी चौकीअगाडि प्रदर्शन गरेका हुन् ।

सोमबार अर्थात् कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैंचादेखि हराएका १४ वर्षीय निश्चल रायकोे तीन दिनपछि बुधबार विहान घरदेखि एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोलामा मृत अवस्थामा भेटिएका थिए । रहस्यमय तरिकाले भएको हत्याको विषयमा एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । स्थानीयले मृतकको घरदेखि करिब तीन सय मिटर पश्चिम निमुवा प्रहरी चौकी अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सत्यतथ्य छानविन गर, दोषिलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर लगायतका नाराबाजी गरे ।

शवको प्रकृति हेर्दा निश्चलकोे शरिर भरी चोटपटक लागेकोले अपहरणपछि यातनादिएर हत्या गरेको हुनसक्ने मृतकका बावु उपेन्द्र रायको भनाइ छ । उनका अनुसार छाराको तिग्रामा डोरीले बाँधेको डाम, घाँटीमा जुत्ताले कुटेको डाम, ओठ र गालामा पनि चोटपटक र नाइटोमा इन्जेक्सन लगाएकोले छोराको भवितव्य दुर्घटना नभए सुनयोजित तरिकाले हत्या भएको दाबी गरेका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

nishaniroula
November 15, 2021 10:31 AM

doshi pakraauparosh ra Kaarbaahi hos.

प्रतिक्रियाहरू बन्द छन्।