विराटनगरमा लक्ष्मीपूजाको भव्य तयारी (फोटोफिचर)

विराटनगर । आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा सुग्घर गरीआँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

घरघरमा लक्ष्मीभित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेरलक्ष्मी हिड्ने बाटो तयार गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

आजसाँझ रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घरघर झिलिमिली पारिने हुँदा यसअवसरलाई दिपावली पनि भनिन्छ । यसरी दिपावली गर्दा गाउँघरमा भने पानीको पँधेरो, गोठ, ढिकी, जाँतो, सङ्घार र घरकाचौकुना समेत बत्ति बाल्ने चलन रहेको छ । आज घरको आँगन, पिंढी, दलान, कोठामा गाईको गोबरले लिपेर शुद्ध पारी घरकाझ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री र लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

घरका टुँडाल, निदालमा पनि सयपत्री फुलकामाला उनेर लगाईन्छ । घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा यसरी दीपावली गरिन्छ ।लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भएमा वर्षभरि आर्थिक संकट नहुने धार्मिक जनविश्वासछ ।

लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ। भएकागरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ । लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायत धनमाल किन्ने चलन छ । आज गाउँघर शहर बजारका घरघरमा केराको बोट गाडेर घरसजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरु गाउँगाउँबाट केराको बोट ल्याएर बिक्री गर्ने गर्दछन् । लक्ष्मी पूजाको अवसरमा आज मानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियोबाल्ने परम्परा छ ।

आजकै लक्ष्मीको प्रतिक स्वरुप गौमाता अर्थात गाईको पूजा गरिन्छ । जनै पूर्णिमाका दिन नाडीमा बाँधेको रक्षा बन्धन (डोरो) फुकाएर त्यसैमा उनेको माला आज लक्ष्मीपूजाका दिन गाईलाई लगाईदिंदा सजिलै बैतर्णी नदि तर्न सकिने पौराणिक लिखत छ ।

विराटनगरका केही तस्बिरहरुः

बिहिबार, १८ कार्तिक, २०७८, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर