जिपी कोइराला पत्रकारिता पुरस्कार मोरङका ३ जनालाई प्रदान गरिने

विराटनगर । नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार मोरङका तीन जनालाई वितरण गर्ने भएको छ ।

प्रेस युनियन मोरङको आज बसेको बैठकले २०७७ को पुरस्कार नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष शेखर रेग्मी र २०७८ को नेपाल प्रेस युनियनका पूर्व मोरङ जिल्ला अध्यक्ष कुमोद अधिकारी तथा प्रेस युनियनका पूर्व मोरङ जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई कार्तिक १७ गते महान पर्व तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वितरण गरिन लागेको हो । पुरस्कारको राशी जनही नगद १५ हजार रहेको प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले बताए ।

बुधबार, १० कार्तिक, २०७८, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर