विराटनगर *आयल निगमअगाडि दुर्घटना, तीनवटा सवारी जुध्दा एक जनाको मृत्यु, ६ जना घाइते

विराटनगर । विराटनगरस्थित *आयल निगमअगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बा २ झ ३२६५ नम्बरको सरकारी गाडी पनि परेको देखिएको छ ।

थप विवरण आउन बाँकी…

बुधबार, १० कार्तिक, २०७८, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर