विराटनगर । बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त गर्न नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारिएको छ । गठबन्धन दलमा आवद्ध ५९ सांसदको हस्ताक्षर सहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिएको हो ।
शाक्यको राजीनामा आएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
१०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।