नेकपा एसद्वारा कानेपोखरीका जेष्ठ नागरिकलाई सम्मान

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकास्थित नेकपा (एकीकृत समाजवादी) पार्टीले शनिबार करिब ८० जना जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

वडा नं. ६ रमाइलो हाटखोलामा आयोजना गरिएको कार्यक्रममा सम्मान सहित आउँदै गरेको चाडपर्वहरूको शुभकामनासमेत आदनप्रदान गरिएको थियो ।

कार्यक्रममा कानेपोखरी पालिका भित्रका प्रतिनिधिमूलक जेष्ठ नागरिकहरूलाई जीवनको क्रियाशिल समय समुदायको विकासमा लगाएको भन्दै सम्मान गरेको हो ।

जेष्ठ नागरिकहरु देशको अभिभावक रहेकोले हरेक क्षेत्रबाट सम्मान गरिनु पर्ने नेकपा एस कानेपोखरीका अध्यक्ष भूमिकुमार दुलालले बताए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, संविधानसभा सदस्य चण्डी राई, माओवादी केन्द्र कानेपोखरीका संयोजक मनोज राजवंशी, नेपाली काङ्ग्रेसका कानेपोखरी सभापति योगेन्द्र दाहाललगायतको उपस्थिति थियो ।

आइतबार, ०७ कार्तिक, २०७८, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर