विराटनगर । चितवनको भरतपुर नगरपालिका वडा नम्बर ४ का भीमबहादुर विश्वकर्मा हत्याको प्रदेश १ का १८४ अधिकारकर्मी संघसंस्थाले भत्र्सना गरेका छन् ।
गत २८ गते नवरात्रिको दिन चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोक नजिकको दुर्गा मन्दिरअगाडि भीमबहादुर विश्वकर्माको कुटेर हत्या भएको थियो । ५८ वर्षीया विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेर जान खोज्दा मन्दिरमा रहेका दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा र ढुङ्गा प्रहार गरेर हत्या गरेको सार्वजनिक भएको थियो ।
उक्त घटनाको भत्र्सना गर्दै विभिन्न संघ संस्थाहरुले भीमबहादुरको हत्याको घटना दलित समुदायमाथि हुँदै आएको विभेद, दमन, अन्याय, अत्याचारपूर्ण हत्याहिंसाकै पराकाष्ठा भएको निष्कर्ष निकालेका हुन् । मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले तथ्यले जातीय हिंसा गरि भीमबहादुरको हत्या गरेको ठहर गरेका छन् ।
‘२०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी नेपालको संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आज भीमबहादुरको क्रुरतापूर्वक हत्या भएको छ ।’
घटनाको न्यायीक छानबिनका लागि शिल्पी समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कार्वाही गर्न माग गर्दै उनीहरुले पीडितका परिवारलाई क्षतिपूर्ति र मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्न समेत माग गरेका छन् ।
मिति : २०७८/०७/२
विषय : संयुक्त प्रेस विज्ञप्ति
यहि मिति २८ गते नव रात्रिको दिन चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकनजिकको दुर्गा मन्दिरअगाडि भीमबहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा र ढुङ्गा प्रहारबाट विश्वकर्माको मृत्यु भएको सार्वजनिक भएको छ । यो घटनाप्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछौं ।
यो घटना दलित समुदाय माथि हुँदै आएको विभेद, दमन, अन्याय, अत्याचारपूर्ण हत्याहिंसाकै पराकाष्ठा हो । विश्वकर्माले दुर्गा मन्दिरमा आफूहरुले पनि पूजा गर्न पाउनुपर्छ भन्दै पहिलादेखि नै आवाज उठाउँदै आएका थिए । सो दिन त्यहाँ धार्मिक परम्परा अनुसार दुर्गा पूजाको कार्यक्रम भइरहेको थियो । उक्त दिनमा हत्या गरिएका विश्वकर्माले दलितले पनि सो दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउने क्रममा स्थानीय सिताराम बस्नेत क्षेत्रीले ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउकोमा पाइपले हानेर विभत्स हत्या गरेको घटनास्थल र मृतकका आफन्तको भनाइ छ । यस तथ्यले जातीय हिंसा गरि हत्या गरेको ठहर हुन्छ ।
२०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी नेपालको संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ । तापनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आज भीमबहादुरको क्रुरतापूर्वक हत्या भएको छ ।
उक्त घटनाको न्यायीक छानबिनका लागि शिल्पी (तथाकथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कार्वाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्न नेपाल सरकारलाई हामी जोडदार माग गर्दछौं ।
- खेम नेपाली, दलित अगुवा मोरङ
- लक्ष्मी परियार, दलित अगुवा उदयपुर
- अनिता परियार, दलित अगुवा सुनसरी
- जसमाया गजमेर, दलित अगुवा झापा
- उमिता बराइली, दलित अगुवा सुनसरी
- खड्ग परियार, दलित अगुवा उदयपुर
- सोमनाथ पोर्तेल, दलित अगुवा झापा
- अनुभूति बम नेपाली, दलित अगुवा, तेह्रथुम
- डिबी शाहशंकर, दलित गैसस महासंघ नेपाल सुनसरी
- देवेन्द्र विश्वकर्मा, मानवअधिकार मञ्च इलाम
- हुकुमसिंह नेपाली, दलित जनअधिकार मञ्च झापा
- प्रताप प्रकाश ल्वागुन, दलित अगुवा सुनसरी
- नैना विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १, धनकुटा
- चित्रकला बराईली, दलित अगुवा इलाम
- गंगा नेपाली, दलित अगुवा ताप्लेजुङ
- कृष्ण कुमारी विश्वाकर्मा, दलित अगुवा सुनसरी
- उमेश विश्वकर्मा, रिडेफ नेपाल मोरङ
- विमल धमला, दलित अगुवा पाँचथर
- रामकुमार विश्वकर्मा, दलित अगुवा मोरङ
- भद्रमान विश्वकर्मा, दलित अगुवा मोरङ
- मिसन रसाईली, दलित अगुवा सुनसरी
- गोमा खाती, दलित अगुवा सुनसरी
- रणधोज लोहार, दलित अगुवा सुनसरी
- विनोद विश्वाकर्मा, दलित अगुवा सुनसरी
- कपिल सुनार, रिडेफ नेपाल विराटनगर
- सरिता बराइली, दलित अगुवा धनकुटा
- सविना अछामी, दलित पत्रकार संघ खोटाङ
- सन्तोष रुचाल, दलित पत्रकार संघ, धनकुटा
- अस्मिता परियार, दलित अगुवा धनकुुटा
- गोपाल विश्वाकर्मा, दलित अगुवा धनकुुटा
- युवराज दर्नाल, दलित अगुवा धनकुटा
- सहमान विश्वकर्मा, समता नेपाल पाँचथर
- पुष्प सुजी, तयारी पोषाक व्यवसायी संघ पाँचथर
- भवानी शंकर, जातीय मुक्ति तथा सेवा समाज पाँचथर
- शेरबहादुर लोहार, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पाँचथर
- सन्तोष सेन्चुरी, जिल्ला समन्वय समितिपाँचथर
- विशाल रसाइली, अधिकारकर्मी पाँचथर
- टेकराज सिवा, अधिकारकर्मी पाँचथर
- विनय रम्तेल, अधिकारकर्मी पाँचथर
- खगेन्द्र धमला, अधिकारकर्मी पाँचथर
- विनोद रसाइली, अधिकारकर्मी पाँचथर
- प्रकाश परियार, दलित जनअधिकार मञ्च इलाम
- देवेन्द्र शंकर, सुनचाँदी व्यवसायी संघ इलाम
- मनकुमार बराइली, नगर समन्वय समिति इलाम
- वसन्ती घतानी, दलित महिला संघ इलाम
- गीताराम रसाइली, दलित अगुवा इलाम
- सानु सिवा, अधिकारकर्मी इलाम
- वृहस्पती उपरकोटी, मुक्ति समाज इलाम
- दिपक सेन्चुरी, दलित मुक्तिमोर्चा इलाम
- धनमान बराइली, दलित अगुवा इलाम
- कमल गदाल, दलित अगुवा इलाम
- लक्ष्मण घतानी, दलित अगुवा इलाम
- सावित्रा सिवा, दलित अगुवा इलाम
- श्री बहादुर सिवा, दलित अगुवा इलाम
- जीवन सिवा, दलित अगुवा इलाम
- सुमन दास, दलित अगुवा इलाम
- सुरेश पोर्तेल, दलित अगुवा इलाम
- हर्कमाया विश्वकर्मा, दलित अगुवा झापा
- छविलाल विश्वकर्मा, दलित अगुवा झापा
- निरु परियार, दलित अगुवा झापा
- टिकाराम मग्राती, दलित अगुवा झापा
- नीता घतानी, दलित अगुवा झापा
- सागर पोर्तेल, दलित अगुवा झापा
- प्रदिप परियार, राष्ट्रिय दलित पत्रकार संघ झापा
- सुरेश बराइली, दलित अगुवा झापा
- हरि पोखरेल, दलित जनअधिकार मञ्च झापा
- अमर बराइली, दलित अगुवा झापा
- भिम लकान्द्री, दलित अगुवा झापा
- गोपाल लकान्द्री, दलित अगुवा झापा
- सावित्रा वर्देवा, दलित अगुवा झापा
- तिलक गजमेर, दलित अगुवा झापा
- मनिकुमार शंकर, दलित अगुवा झापा
- हरि नेपाली, दलित अगुवा झापा
- रिता शिवा, दलित अगुवा झापा
- सुर्य गजमेर, दलित अगुवा झापा
- लक्ष्मी मोते, दलित अगुवा झापा
- सीता ढुगाना विक, दलित अगुवा झापा
- संगिता शिवा, दलित अगुवा झापा
- मीना विश्वाकर्मा, दलित अगुवा झापा
- जितेन्द्र ऋषिदेव, नेपाल राष्ट्रिय मुसहर उत्थान संघ मोरङ
- धर्मेन्द्र ऋषिदेव, नेपाल राष्ट्रिय मुसहर उत्थान संघ मोरङ
- राधा पाशवान, महिलाअधिकार सरोकार केन्द्र मोरङ
- उत्तम पाशवान, दलित अगुवा मोरङ
- सम्झना मोते, रिडेफ नेपाल मोरङ
- पर्मिला लकान्द्री, दलित अगुवा मोरङ
- गीता सिवा, दलित अगुवा मोरङ
- राजकुमार तिरुवा, दलित अगुवा मोरङ
- गोपाल लकान्द्री, दलित अगुवा मोरङ
- किशोर विश्वकर्मा, दलित पत्रकार संघ मोरङ
- किशोर विश्वकर्मा, दलित पत्रकार संघ मोरङ
- टीका विशुंखे, दलित अगुवा मोरङ
- ज्ञानकुमार परियार, दलित अगुवा मोरङ
- रामकुमार परियार, दलित अगुवा मोरङ
- जीवन घतानी दलितअगुवा मोरङ
- हीरालाल सिन्चिउरी, दलित अगुवा मोरङ
- हरेराम पासवान, दलित अगुवा मोरङ
- दीपेन्द्र पासवान, दलित अगुवा मोरङ
- जीतनारायण सरदार, दलित अगुवा मोरङ
- सुभाष सरदार, दलित अगुवा मोरङ
- रिकु परियार, दलित अगुवा मोरङ
- कुमार मिझार, दलित अगुवा मोरङ
- चुरानसिंह विश्वाकर्मा, दलित अगुवा मोरङ
- युपल रुचाल, दलित अगुवा मोरङ
- कृष्ण कुमार विश्वाकर्मा, दलित अगुवा मोरङ
- मनोज विश्वाकर्मा, दलित अगुवा मोरङ
- दुर्गा विश्वाकर्मा, दलित अगुवा मोरङ
- सञ्जय दर्नाल, दलित अगुवा मोरङ
- पदम सरदार, दलित पत्रकार संघ मोरङ
- शिला गजमेर, जनचेतना समुह सुनसरी
- रामप्रसाद विक, दलित अगुवा सुनसरी
- दुर्गा नेपाली, दलित जनाअधिकार मञ्च
- लालबहादुर विक, दलित अगुवा सुनसरी
- पिबी दियाली, राष्ट्रिय दलित पत्रकार संघ सुनसरी
- राकेश बराइली, दलित अगुवा सुनसरी
- राजकुमार गजमेर दलितअगुवा सुनसरी
- दिनेश रसाइली, राष्ट्रिय दलित समाज कल्याण संघ सुनसरी
- खेम रनपहेली, अधिकारकर्मी सुनसरी
- उषा परियार, अधिकारकर्मी सुनसरी
- दिपेश लुहागुन, दलितअगुवा सुनसरी
- गणेश परियार, दलित अगुवा सुनसरी
- विजय अछामी, दलित अगुवा सुनसरी
- अञ्जना गहतराज, दलित अगुवा सुनसरी
- राम सिवा, दलित अगुवा सुनसरी
- खगेन्द्र परियार, दलित अगुवा सुनसरी
- लक्ष्मण दास, दलित अगुवा सुनसरी
- लिलाशंकर दलित, अगुवा सुनसरी
- रत्न रम्तेल, दलित अगुवा सुनसरी
- गोविन्द विक, दलित अगुवा सुनसरी
- सवित्रा परियार, दलित अगुवा सुनसरी
- लङ्कमान बिक, दलित अगुवा सुनसरी
- दिनेश गजमेर, दलित अगुवा सुनसरी
- गोरि परियार, दलित अगुवा सुनसरी
- धर्मदेव पासवान, दलित अगुवा सुनसरी
- युनिसा भुसाल, दलित अगुवा सुनसरी
- सीता रसाइली, दलित अगुवा सुनसरी
- गोमा खाती, दलित अगुवा सुनसरी
- बाल सुधार परियार, दलित अगुवा सुनसरी
- सुनिता बिक, दलित अगुवा सुनसरी
- तारा लाम्कादे, दलित अगुवा सुनसरी
- भबिन्द्र बिक, दलित अगुवा सुनसरी
- गोबिन्द दर्नाल, दलित अगुवा सुनसरी
- कोपिला शंकर, अन्तर पार्टी दलितमहिला सञ्जाल धनकुटा
- मनु विश्वकर्मा, दलित महिला संघ धनकुटा
- अम्बिका परियार, दलित महिला संघ धनकुटा
- गोपाल विश्वकर्मा, दलित एकता समाज धनकुटा
- सरिता बराइली, राष्ट्रिय दलित पत्रकार संघ धनकुटा
- उमेश नेपाली, समता मिडिया सेन्टर तेह्रथुम
- कुमार विशंखे, दलित सचेतना समाज तेह्रथुम
- ध्रुब दर्नाल, दलित समन्वय समिति संखुवासभा
- इन्द्रमाया रसाइली, अधिकारकर्मी संखुवासभा
- मेनुका विश्वकर्मा, पत्रकार संखुवासभा
- केशर मोते, दलित अगुवा संखुवासभा
- सल्यान नेपाली, दलित अगुवा संखुवासभा
- चक्रविशंखे दलित, अगुवा संखुवासभा
- गोविन्द विश्वकर्मा, दलित अगुवा भोजपुर
- विमल रणपहेली, दलित अगुवा भोजपुर
- सुमन सिंह परियार, दलित अगुवा उदयपुर
- दिलिप रसाइली, दलित अगुवा उदयपुर
- पाण्डु परियार, दलित महिला संघ उदयपुर
- तिरुपती परियार, समता फाउण्डेसन उदयपुर
- मिलन चाहार, खोटाङ दलित विकास मञ्च खोटाङ
- दिपक ठटाल, संयुक्त संघर्ष समिति खोटाङ
- चर्च बहादुर विश्वकर्मा, राष्ट्रिय दलित कल्याण समाज संघ खोटाङ
- पर्शुराम विश्वकमार्, दलित उद्यमी सहकारी संस्था खोटाङ
- रामकुमार हिमाङ, जनअधिकार मञ्च खोटाङ
- सविना अछामी, राष्ट्रिय दलित पत्रकार संघ खोटाङ
- गोपाल घिमिरे, दलित अगुवा सोलुखुम्बु
- विनोद कालिकोटे, दलित अगुवा सोलुखुम्बु
- निरकुमार नेपाली, दलित अगुवा सोलुखुम्बु
- गणेश विश्वकर्मा, दलित अगुवा ओखलढुंगा
- कुमार सिवा, दलित अगुवा ताप्लेजुङ
- गंगाराम शंकर, दलित अगुवा ताप्लेजुङ
- निता सिवा, दलित सिवा ताप्लेजुङ
- उत्तम पाशवान, दलित अगुवा मोरङ
- विजय पुरकोटी, दलित अगुवा मोरङ
- गोपाल नेपाली, दलित अगुवा मोरङ
- तिलक बर्देवा, दलित अगुवा मोरङ
- मिना सेन्चुरी, दलित अगुवा मोरङ
- शान्ति गजमेर, शान्ति फाउण्डेसन सुनसरी
- अमर बराइली, दलित अगुवा सुनसरी
- लोकेन्द्र गदाल, दलित अगुवा सुनसरी
- होमबहादुर विश्वकर्मा, दलित अगुवा ओखलढुंगा
- सीता सार्की, दलित अगुवा ओखलढुंगा
- सुन्तला परियार, दलित अगुवा ओखलढुंगा

